सिस्टर निर्मलाको निधन


 


एजेन्सी, कोलकता असार ८

sisterनोवेल शान्ति पुरस्कार पाएकी मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला (निर्मला जोशी) को ८१ वर्षको उमेरमा मंगलबार निधन भएको छ। सन् १९९७ मा मदर टेरेसाको निधनपछि उत्तराधिकारीको रुपमा उनले समाजसेवाको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

सन् १९३४ मा हिन्दू परिवारमा जन्मिएकी उनी भारतको पटना स्थित क्रिस्चियन मिसिनरीमा पढ्दापढ्दै मदर टेरेसाको सामाज सेवामा लागेकी थिइन्। उनका मातापिता नेपाली थिए। उनका पिताले वेलायती सेनामा काम गरेका थिए।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पश्चिम बंगालकी ममता बनर्जीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्