वृक्षरोपण गर्नुहुँदै बेलायतका अधिराजकुमार र अधिराजकुमारी
नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बिहीबार ललितपुरको गोदावारीस्थित राष्ट्रिय वनस्पति उद्यानको अतिविशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’को बिरुवा रोपण गर्नुहुँदै । बेलायतका महारानी ऐेलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही स्थानमा ‘पुँवाले’को दुईटा बिरुवा रोपण गर्नुभएको थियो । तस्बिरः भीष्मराज ओझा/रासस
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार
















