सिके राउतलाई सँगै राखेर रेशम चौधरीले भने–जनमत र नाउपाको एकता छिट्टै हुन्छ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । नयाँ शक्तिको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले जनमत पार्टीसँग छिट्टै एकता हुन सक्ने संकेत गरेका हुन् ।

जनमत पार्टीका सभापति डा।सिके राउततर्फ इंगित गर्दै उनले भने–‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ ।’

मन्तव्यका क्रममा रेशमले जनमतसँग एकता अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे । नयाँ शक्ति, विवेकशील साझा लगायत वैकल्पिक आवाज उठाइरहेका पार्टीहरूसँग एकता गरेर जान सकिने चौधरीले बताएका थिए ।
नाउपा र जनमतले एकता गरेर जाने भन्ने विषयमा लगभग सहमति जुटेपछि चौधरी एकताको भाषण गरेको नाउपाका एक नेताले बताए ।

प्रतिनिधिसभामा जनमतसँग ६ सिट र नाउपासँग ४ सिट छ । प्रदेशतर्फ सुदूरपश्चिममा नाउपा र मधेशमा जनमत पार्टीको बलियो उपस्थिति छ ।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्