माओवादी सांसद शर्माको प्रश्न – शक्ति र सरकारमा हुनेहरुले विधि मान्नु पर्दैन ?
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद शर्माले यस्तो बताएका हुन्।
सांसद शर्माले भने,‘यो संसद्मा हामी आफैंले विधि नमान्दा समस्या आयो भने अनेक प्रवृत्ति कसरी लागू गर्ने? विधि भनेको पावरले मान्ने कुरा होइन। निर्धाले मान्ने कुरा हो । जो सँग शक्ति र पावर हुन्छ उसले विधि मान्न पर्दैन।’
आजकै संसद्मा देखिएका दृश्यका कारण आफूले अन्य विषयमा बोल्ने तयारी गरेको भए पनि संसद्कै विषयमा बोल्न आवश्यक रहेको सांसद शर्माले बताए।
जनताले कसरी हेरिरहेका छन् भन्ने विषयलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। जनताले परिणाम हेर्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने सांसद शर्माको भनाइ थियो ।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार
















