अाज पाँच सय घट्याे सुनकाे भाउ


 


काठमाण्डौ,  फागुन २०

साताकाे अन्तिम दिन आज सुनको भाउ घटेको छ । ताेलमा पाँच सय रूपैयाले सुनकाे  भाउ घट्दा ५५ हजार ४ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएकाे छ ।

हिजो तोलाको ५५ हजार ९ सयमा कारोबार भएको थियाे । यस्तै चाँदीको भाउ पनि आज घटेको छ । चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर आज तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्