इजरायलले फेरि सुरु गर्‍यो गाजा पट्टीमा आक्रमण, ३४ जनाको मृत्यु



एजेन्सी । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरिरहेको बताएको छ।

सेनाले एक विज्ञप्तिमा यसले हमासको आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरिरहेको हो।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल-बलाहमा तीन घरहरूलाई निशाना बनाइएको बताएको छ।
यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो।

गाजाको नागरिक रक्षा एजेन्सीले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको बताएको छ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्