पूर्वाञ्चल महोत्सवमा तीन करोडको कारोबार



बनियानी (झापा), फागुन २२

झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा रु तीन करोड बराबरको कारोबार भएको छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब रु तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले जानकारी दिनुभयो ।

झापासहित इलाम, मोरङ, पोखरा, धादिङ तथा भारतका विभिन्न स्थानबाट दैनिक चार सयभन्दा बढीले महोत्सव अवलोकन गरेको उहाँले बताउनुभयो ।

महोत्सव उत्साहजनक नभए पनि निराशाजनक पनि नरहेको झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले बताउनुभयो ।

महोत्सवले नेपालको पुरानो नगरी भद्रपुरको आर्थिक समृद्धि र विकासमा सहयोग पु¥याएको स्थानीयवासी आदित्य पौडेलले बताउनुभयो । फागुन १२ गतेदेखि सुरु भएको महोत्सव २१ गते सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News