दीपकको घर भत्काइएको विषय छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन्।
राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रिजालले उक्त माग राखेका हुन् ।
उनले जिल्लाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मल्लिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरे।
उक्त घटनाले ६० लाख दलित समुदायलाई अपमानित गरेको उनको भनाइ छ।
प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार
















