त्रिशूली खस्यो यात्रुवाहक भ्यान, चालक बेपत्ता
काठमाडौँ। रसुवास्थित त्रिशूली नदीमा यात्रुवाहक भ्यान खसेको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डमा ईभी त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका हुन्।
शनिवार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो।
दुर्घटनामा परेको गाडीका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र गाडीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरणसमेत प्राप्त हुन सकेको छैन।
बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







