प्रदेश सरकारमा सहकार्य गर्ने एमाले–नेकपा सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट
काठमाडौँ, ९ साउन । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठकले प्रदेशसभामा सहकार्य तथा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको हो।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।
त्यस्तै, मधेस र गण्डकी प्रदेश मा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग पनि परामर्श गरेर नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको आचार्यले बताए।
दुवै दलले प्रदेशस्तरमा सत्ता सहकार्यलाई प्रभावकारी बनाउँदै संयुक्त रूपमा सरकार सञ्चालन गर्ने समझदारी गरेका छन्।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार







