शिवशंकर हत्या प्रकरणमा उनकै श्रीमती पक्राउ
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। शिवशंकरको हत्या भएपछि प्रहरीले श्रीमतीलाई समेत आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो ।
मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको प्रहरीले जनाएको छ । शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्र्याकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । हत्यापछि घिसारेर केही पर लैजान खोजेकोजस्तो समेत देखिएको छ । शवको आइतबार सनाखत भएको थियो।
शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए।
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार
















