कोरियन भाषाको परीक्षा मिति सार्वजनिक



काठमाडौं, फागुन २४

रोजगार अनुमति प्रणाली (इपीएस) कोरीयन भाषा परीक्षा आगामी जेठ २७ र २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै जेठ २७ र २८ को लागि परीक्षा मिति तय गरेको हो ।

उत्पादनमूलक र कृषि तथा पशुपालन गरी दुई क्षेत्रका लागि हुने भाषा परीक्षाका लागि आगामी चैत ९ देखि १८ गतेसम्म आवेदन फाराम बुझाउन सकिनेछ । यसवर्षदेखि आवेदन फाराम अनलाइनमार्फत भर्ने व्यवस्था मिलाइएको छ भने परीक्षामार्फत १०२०० परीक्षार्थी उत्तीर्ण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News