Deshko News
८ आश्विन २०८०, सोमबार

कहिले सकिन्छ भाेजपुर विमानस्थल कालोपत्रकाे काम ?



भोजपुर, फागुन २५

भोजपुर सदरमुकाममा रहेको एकमात्र विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम तोकिएको समयमा नसकिने भएको छ । पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थलको स्तरोन्नति ६५ प्रतिशत मात्र सकिएकाले तोकिएकै समयमा काम नसकिने भएको हो ।

काम गत मङ्सिर २४ देखि फागुन २५ गतेसम्म तीन महिनामा सक्ने लक्ष्यसहित थालिएको थियो । काम नसकिएपछि जिल्ला प्रशासन कार्यालय, जिविस र सुरक्षा निकायले अनुगमनसमेत गरेको छ ।

अनुगमनका क्रममा ठेकेदार कम्पनीलाई सोधपुछ गरी चैत १० गतेसम्म जहाज अवतरण गर्न मिल्ने बनाउन सरकारी अधिकारीहरूले निर्देशन दिएका छन् । निर्माण कम्पनीले भने डिजेल अभावका कारण काममा ढिलाइ भएको जनाएको छ । रासस

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News