आज पनि घट्यो सुनको भाउ


 


काठमाडौं, फागुन २५

आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रूपैयाँले घट्दा ५४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि हिजो सुन तोलाको ५५ हजारमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर तोलाको ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्