सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्दै कीर्तिमानी उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ ।

यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि, गत वैशाख ४ गते सुनको भाउ हालसम्मकै उच्च कायम थियो ।

उक्त दिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९० हजार ६ सय पुगेको थियो ।

आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्