हिजो प्रतितोला ६ हजार ९ सयले बढेको सुनको मूल्य आज साढे ७ हजारले घट्यो
काठमाडौं । हिजो मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको सुनको मूल्य आज बुधबार तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।
जसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार
















