अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो एक वर्ष पुरानो भएको पाइएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सहायक हवलदारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो पुरानो भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको अनुसन्धानबाट देखिएको छ ।
भिडियोमा देखिएका सहायक हवलदारले सोह्रखुट्टेमा कार्यरत रहँदा कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न प्रहरी कर्मचारी २०८० चैतमा सरुवा भएर काठमाडौँ बाहिर गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले बताए ।
उनले भने, ‘भिडियोमा देखिएका प्रहरी कर्मचारी १३ महिनाअघि यहाँबाट सरुवा भएको देखिन्छ ।’
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार
















