कमल थापा र राजेन्द्र लिङ्देन एउटै स्टेजमा



काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले आयोजना गरेको सभामा अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एउटै स्टेजमा देखिएका छन् । छन् ।

कमल थापाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लिङ्देन केहीबेरअघि मात्रै त्यहाँ पुगेका हुन् । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् । राप्रपाबाट वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर जबरा पनि सहभागी भएका छन् ।

भृकुटिमण्डपमा राजसंस्था पुनस्थापना लगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी हुन राप्रपाका महामन्त्री धवल शमशेर जबरा लगायत पुगिसकेका छन् ।

पछिल्लो एक महिनायता एकपछि अर्को राजावादी समूह र दलले सार्वजनिक रुपमा कार्यक्रम गरिरहेका छन् ।

गत फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह फर्किने क्रममा स्वागतका लागि एकजुट देखिएका राजवादीको गतिविधि त्यसयता निरन्तर बढिरहेको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेको प्रदर्शन हिंसात्मक भएयता राजावदीहरू निरन्तर सक्रिय छन् ।

केही नेताहरू प्रहरीको हिरासतमा भए पनि विभिन्न समूह र दलको नाममा राजा र हिन्दु राष्ट्र माग्नेहरूले निरन्तर सडक तताउने क्रम जारी छ ।

सोमबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आयोजनामा रत्नपार्कको शान्तिबाटिकामा राजावादी नेताहरू जुटेका छन् । यहाँ सबै राजावादी नेताहरू एकै मञ्चमा देखिएका हुन् ।

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्