हिजो घटेको सुनको मुल्य आज फेरी बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।
अघिल्लो कारोबार दिन सोमबार १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो।
सोमबार एक तोला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ।
आज एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार
















