प्रतिखिल्ली चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन स्वास्थ्यमन्त्रीको प्रस्ताव



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन् ।

नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमीको सोमबार भक्तपुरमा भएको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक शुभारम्भ गर्दै मन्त्री पौडेलले सो प्रस्ताव गरेका हुन् ।

साथै प्रति बोतल एक हजार रुपैयाँ मूल्य रहेको रक्सीलाई तीन हजार पुर्‍याउन पनि उनले प्रस्ताव गरे ।

यसरी प्राप्त भएको रकममध्ये केहीलाई स्वास्थ्य बिमामा पठाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्