कांग्रेस सचेतक सुशीला थिङले भनिन् – शिक्षकमाथि पानीको फोहोरा, लाठीचार्ज गर्नु अनुचित



काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सचेतक सुशीला थिङले विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरेर धोका दिएकाले शिक्षक सडकमा उत्रिएको बताएकी छन् ।
छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले शिक्षकका उचित माग तत्काल सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।

शिक्षकमाथि पानीको फोहोरा, लाठीचार्ज गर्नु अनुचित भएको उनले बताईन् ।

उनले भनिन् ,‘शिक्षक आन्दोलनमा आउनुको कारण पत्ता लगाउनुपर्छ । शिक्षक त्यतिकै आन्दोलनमा आएका छैनन् । सरकारले पटक–पटक सम्झौता गर्ने अनि सम्झौता कार्यान्वयन नगरेर शिक्षकलाई धोका दिएका कारणले आन्दोलनमा आएका छन् ।’

पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न उनले आग्रह गरिन् । शिक्षकलाई पनि ऐन नलिई नफर्कने बालहठ नगर्न उनले सुझाव दिइन् ।

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्