सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको जनाएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार यसको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्