पेस्तोल पड्काउँदै नाच्ने जसपा नेपालकी नेतृलाई पक्राउ गर्दै प्रहरी



काठमाडौं । पेस्तोल पड्काउँदै नाच्ने जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछका लागि भन्दै कार्यालयमा उपस्थित हुन भनेको छ ।

उनले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनलाई प्रहरी कार्यालयमा बोलाएको र उनी नआए पक्राउ गरिने प्रहरीले जनाएको छ ।

बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ ।

पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्