सरकार र शिक्षक महासंघको सहमतिमा विद्यालय कर्मचारीको असन्तुष्टि
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिमा असन्तुष्टि जनाएको छ ।
ऐन लिएर मात्रै बिद्यालय फर्किने अडान लिएर देशभरबाट शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर, ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले निकालेको विज्ञप्तिमा भनिएको छ ,‘ सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ ।’
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार
















