शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी आन्दोलनको तयारीमा



काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सहमतिको विरोधमा नेपाल विद्यालय कर्मचारी परिषद्ले विरोध जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले बुधबार ९ बुँदे सहमति गरेको थियो ।

तर, त्यसमा आफूहरूको माग समावेश नभएकाले आन्दोलनको तयारीमा रहेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताएका छन् ।
अहिले महासंघको सबै संघ संगठनको समीक्षा बैठक बोलाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्