नुवाकोटका स्थानीयले काठमाडौं महानगरको फोहोर बोक्ने गाडी रोके



काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोकेका छन् ।

फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका हुन् ।
स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकिदिएका छन् ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्