आजदेखि खुले सामुदायिक विद्यालय



काठमाडौं । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सामुदायिक विद्यालय खुलेका छन् ।

बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेका हुन् ।

बिहीबार सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको छ ।

आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्