आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपको उपाधि एपीएफलाई 



भोजपुर २० वैशाख । आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले उचालेको छ ।

शनिवार भएको सेमिफाइनल खेलमा गत वर्षको सातौं संस्करणको विजेता चर्च ब्वाइज युनाइटेड ललितपुरलाई ४–० गोलले पराजित गर्दै एपीएफले गोल्डकपको उपाधि हात पार्न सफल भएको हो ।

प्रतियोगिताको विजेता एपीएफ तथा उपविजेता चर्च ब्वाइज युनाइटेडले नगद पाँच लाख र तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । विजेता टिम तथा खेलाडीहरूलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले, भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण कुमार सुवाल लगायतले पुरस्कार वितरण गर्नुभयो ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको ३० लाख मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएको थियो ।

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्