नेपालले महिला टी–२० विश्वकपको एशिया छनौट खेल्दै



काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले यहि मे ९ देखि २० सम्म थाइल्याण्डमा आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट खेल्दैछ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् ।

एशिया छनौटको समूह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समूह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समूहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने छन् ।

नेपालले मे ९ मा हङकङ चाइनासँग खेल्ने छ भने मे १० मा बहराइनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्