महिला टी२० विश्वकप छनोट खेल : नेपालले पहिलो खेल हङकङसँग खेल्ने



काठमाडौँ । आईसीसी महिला टी२० विश्वकप क्वालिफायर्समा नेपालले पहिलो खेलमा हङकङसँग खेल्ने भएको छ ।

एसियन क्वालिफायर्सको पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा क्वालिफायर्सका खेल हुँदैछन् । क्वालिफायर्समा आयोजक टोली र नेपालसहित कुवेत, भुटान, मलेसिया, कतार, बहाराइन र यूएई गरी कुल नौ राष्ट्र छन् ।

नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह ‘सी’मा छ । तालिका अनुसार, नेपालले मे १० मा बहाराइनसँग, मे १३ मा पुनः हङकङसँग र मे १५ मा पुनः बहाराइनसँग खेल्नेछ । प्रतियोगिताबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्