सरकारले मल नदिएर किसानमाथि अन्याय गरेको छ : प्रभु साह



काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले बाली लगाउने बेला समयमै मल उपलब्ध नगराएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन । मल पाउँदा पनि सरकारले दिने पसलमा नभएर अन्यत्रै महँगोमा मात्रै पाउने अवस्था रहेको छ ।’

मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका उनले बताए ।

पहाडमा मकै छर्ने बेला रहेको उल्लेख गर्दै उनले डीएपी मल नपाउने अवस्था रहेको बताए ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्