आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दैनिक उकालो लाग्न थालेको छ ।

बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुन आज बिहीबार ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बुधबार भने तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ । बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्