टी–२० महिला विश्वकप छनोट : नेपालले आज हङकङविरुद्ध खेल्दै



काठमाडौं, वैशाख २६ । आईसीसी ट्वान्टी–२० महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध पहिलो खेल खेल्दैछ ।

थाइल्यान्डमा हुने प्रतियोगितामा टोलीले आज बिहान ८ः१५ बजे हङ्गकङसँग पहिलो खेल खेल्दैछ । विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदै छ ।

नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोलि बहराइनसँग खेल्नेछ ।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्