आईपीएल : पन्जाब र मुम्बईको खेल अहमदावादमा हुने



काठमाडौं, वैशाख २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको खेल अहमदावादमा हुने भएको छ ।

गुजरात क्रिकेट संघले आईपीएलका आयोजकले स्थान परिवर्तन गर्न राखेको प्रस्ताव स्वीकार गरेको हो । आइतबारका लागि तय भएको उक्त खेल शीर्ष दुईमा स्थान पाउनका लागि निर्णायक हुन सक्ने छ ।

आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।

दुई स्थानमा रहेका कलकता नाइडर्स र लखनउ सुपर जायन्ट्सको सम्भावना न्यून भइसकेको छ । राजस्थान, सनराइजर्स हैदरावाद र चेन्नई बाहिरिएका छन् ।

शीर्ष स्थानमा रहेको गुजरात र बंगलोरुको १६ अङ्क छ । पन्जाबको १५, मुम्बईको १४ तथा दिल्लीको १३ अङ्क छ । कलकत्ता ११ र लखनउको १० अङ्क छ। मुम्बई, कलकता, राजस्थान र चेन्नईको १२ खेल सकिएको छ भने अन्य टोलीले ११ खेल खेलेका छन् ।

आईपीएलमासमेत भारत–पाकिस्तान युद्धको प्रभाव देखिएको छ । शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा बिहीबारको खेल युद्धकै कारण अवरुद्ध भयो ।

दिल्लीविरुद्ध सुरुमा ब्याटिङ गरेको पञ्जाबले एक विकेटको क्षतिमा १२२ रन बनाएपछि खेल अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्