पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा हुने
काठमाडौं। पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।
भारत र पाकिस्तानबीचको युद्ध सुरु भएपछि सुरक्षाको कारण देखाउँदै पिएसएलका बाँकी खेल युएईमा हुने भएका छन् ।
भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु रोकिएको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।
जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी छ ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार
















