रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको पेसी न्यायाधीश सुनिल पोखरेलको इजलासमा तोकिएको छ ।

मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मङ्गलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

गत चैत १५ गते काठमाडौंको तीन कुनेमा राजावादीको प्रदर्शनको क्रममा मिश्र पक्राउ परेका थिए ।

प्रहरीले उनीमाथि राज्यबिरुद्ध सङ्गठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै मङ्गलबार आठौँ पटक म्याद थप भएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्