ह्वात्तै घट्यो सुनको मूल्य



काठमाडौं । आज सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

आज तोलामा ३५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला ३५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८१ हजार ८०० कायम भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य एक हजार ९२५ रहेको छ ।

बुधबार प्रतितोला सुन एक लाख ८५ हजार ३०० र चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्