भ्रष्टाचार मुद्दा दर्ता भएसँगै कांग्रेस सांसद बस्नेत निलम्बित



काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वसञ्चारमन्त्री बस्नेतविरुद्ध टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ।

पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्बको भ्रष्टाचार मुद्दा दायर अर्को पनि पढ्नैपर्ने
पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्बको भ्रष्टाचार मुद्दा दायर
आयोगले आज बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गराएको हो ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्