आईपीएलका स्थगित खेल आजबाट पुनः सुरु हुँदै
काडमाडौं, जेठ ३ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेल आजबाट सुरू हुँदैछन् ।
आतंककारी समूहले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरेपछि भारत पाकिस्तानबीच तनाव भएको थियो । पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो ।
भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू हुन लागेको हो ।
आजको पहिलो खेल बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरु हुनेछ ।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार
















