फोटोमा हेरौं राजधानीको होली उल्लास


 


काठमाडाैं, फागुन २९

अाज राजधानी लगायत पहाडी जिल्लाहरूमा  हजारौँ नेपाली प्रेम र सद्भावको शुभकामना साटासाट गर्दे हर्षोल्लासपूर्वक फागु पर्व मनाउँदैछन् । विदेशी पर्यटकले समेत नेपालमा हर्षाेल्लासले हाेली मनाएका छन् ।

विभिन्न भाग भङ्गीमा अबिरले पोतिएका नारी पुरुष, बालक, वृद्धा कोही छुटेका छैनन् आफ्ना सुरिला गीत गुनगुनाउन । परम्परागत पोसाक होइन ‘ह्याप्पी होली’ लेखिएका श्वतेवस्त्रधारीको चहलपहल नयाँसडकदेखि नै लर्को लागेको छ ।

विशेष गरी राजधानी काठमाडाैं उपत्यकामा हाेली व्यापक मनाउने गरिन्छ । ‘ह्याप्पी होली टि सर्ट’ ले बजार तताएको प्रमाण भद्रकालीबाट वसन्तपुर हिँडेका ‘टिनएजर’ हेर्दा देखिन्थ्यो । रातोभन्दा कालो पोतिएर बिरुप भएकाहरुको होली अर्कै छ ।

त्यस्तै पहाडी जिल्लाका सदरमुकाममहरूमा पनि हाेली हर्षाेल्लासले मनाउने गरिन्छ । हाेलीकाे अवसरमा विभिन्न सहरमा चाेक चाेकमा सांगीतिक कार्यक्रम भइरहेका छन् ।

सरकारले राजधानी लगायत पहाडी जिल्लामा अाज र तरार्इका जिल्लामा भाेलि सार्वजनिक विदा समेत दिएकाे छ ।

तस्बिर रासस

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्