टी–२० विश्वकप छनोट : सुपर थ्रीमा नेपालले यूएईको सामना गर्दै



काठमाडौं, जेठ ५ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीमा नेपालले आफ्नो पहिलो खेलमा यूएईको सामना गर्दैछ ।

खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज (सोमबार) बिहान ८ः१५ देखि सुरु हुनेछ ।

नेपाल यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । पराजित भएमा नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराए पनि अंक पर्याप्त हुने छैन । हाल यूएईको ६ र नेपालको ५ अंक छ ।

यदि सोमबारको खेल वर्षाका कारण रद्द भएमा नेपालको ६ अंक हुनेछ । त्यसपछि ग्लोबल छनोटमा पुग्न नेपालले अन्तिम खेलमा थाइल्याण्डलाई हराउनै पर्ने समीकरण बन्ने छ ।

यस चरणमा नेपाल, यूएई र थाइल्याण्ड आपसमा एकपटक भिड्ने छन् । अंक तालिकाको शीर्ष दुईमा रहने टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्