चेल्सी बन्यो वुमेन्स एफए कपको च्याम्पियन



एजेन्सी । चेल्सी वुमेन्स एफए कपको च्याम्पियन बनेको छ ।

वम्बेली रंगशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी च्याम्पियन बनेको हो ।

वम्बेली रंगशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा स्यान्डी बाल्टिमोरले दुई र क्याटरिना मकारियोले एक गोल गरेका थिए ।

पछिल्ला पाँच वर्षमा यो क्लबले चौथो पटक एफए कप जितेको हो।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्