हुम्लाको पहिरोमा सरकार गम्भीर भएन, तत्काल सुरक्षित बासको व्यवस्था मिलाउनू : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लामा जनधनको थप क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले गम्भीर बनाएको जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरे ।

‘हिमताल फुटेर पहिरो आएकोले बस्ती जोखिममा रहेको पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको बुझेको छु । तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन् गम्भीर बनाएको छ,’ उनले लेखेका छन् ।

उनले हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई समेत निर्देशन दिए ।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्