ट्वान्टी–२० विश्वकप छनोट : नेपाल आज थाइल्याण्डसँग अन्तिम प्रतिस्पर्धा गर्दै
काठमाडौँ, जेठ ६ । आइसिसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको नेपालले आज थाइल्याण्डसँग अन्तिम प्रतिस्पर्धा गर्दैछ ।
आइतबार एसिया छनोट अन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यो जितसँगै नेपाल नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो ।
खेल थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।
नेपाल र थाइल्याण्ड एक खेल अगावै ग्लोबल छनोट भएका हुन् ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार
















