रवि लामिछानेको वकिलको बहस सकियो, छविको सुरु
कठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ ।
बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ भएको थियो । आज बिहीबार भने वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् ।
लामिछानेतर्फका वकिलको बहस सकिएपछि अहिले पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट बहस सुरु भएको छ ।
उनको तर्फबाट वरिष्ठ अधिवक्ता शुम्भु थापाले बहस सकाएका छन् । अब अर्का वकिलले बहस गर्ने तयारी गरेका छन् ।
उनीहरुको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।
दुबै तर्फका वकिलहरुको बहस सकिएपछि आजै आदेश आउनसक्ने सम्भावना छ ।
लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार
















