सूर्य नेपाल च्यालेन्जको उपाधि शुक्रलाई



काठमाडौं, जेठ ९ । पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फटुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधिकोर्स रेकर्ड सहित जित्न सफल भएका छन्।

समग्रमा १७–अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा शुक्रले निरजतामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाए। शुक्रलेएमेच्योर खेलाडी सदभाव आचार्यको नाममा रहे को १५–अन्डर ५७ को रेकर्डतोडे। सदभावले यही सिजन सूर्य नेपाल काठमाडौँ ओपनमा सो रेकर्डबनाएका थिए।

अन्तिम दिन ६–अन्डर ६२ को स्कोर बनाएका शुक्रले उपाधिसँगै नगद १ लाख१० हजार प्राप्त गरे। उनको यो करियरको एघारौं उपाधि हो।

यो सिजन तीन उपाधि जितेका निरजले आज ६–अन्डर ६२ को स्कोर जोडे।समग्रमा १३–अन्डर २ सय ५९ को स्कोरमा निरज दोस्रो भए। उनले नगद ७० हजार हात पारे।

समग्रमा ८–अन्डर २ सय ६४ को स्कोरमा दिनेश प्रजापतिले तेस्रो स्थानमाप्रतियोगिता सकाए। आज उनले ३–अन्डर ६५ को स्कोर दर्ज गरे। तेस्रोभएका उनलाई ५० हजार प्रदान गरिएको छ।

आज १–ओभर ६९ स्कोर सहित समग्रमा ७–अन्डर २ सय ६५ को नतिजमाभुवन कुमार रोक्का चौथो हुँदा ४२ हजार प्राप्त गरे। समग्रमा ५–अन्डर २ सय ६७ सहित सञ्जय लामा पाँचौं भए। उनले आज ३–अन्डर ६५ को स्कोरतयार पारे। उनले ३७ हजार नगर पुरस्कार आफ्नो नाममा लेखाए।

तोरण विक्रम शाही, साबिक विजेता रवि खड्का र वसन्त राज गुरूङलेसमग्रमा ४–अन्डर २ सय ६८ सहित संयुक्तरुपमा छैटौं स्थान बाँडे।उनीहरूलाई जनही ३० हजार प्राप्त गरे।

समग्रमा १–अन्डर २ सय ७१ बनाएका नेपाल नम्बर एक भुवन नगरकोटीलेनवौं स्थानमा चित्त बुझाए। आज उनले २–अन्डर ६६ स्कोर गरे। समग्रमा२–ओभर २ सय ७४ सहित रमेश अधिकारी दशौं भए। भुवनले २४ हजार ररमेशले २१ हजार हात पारे।

अन्तिम १८ होलको सुरूवात गर्दा आज शुक्रसँग ३ स्ट्रोकको अग्रता रहेकोथियो। उनले दोस्रो देखि पाँचौं होलसम्म लगातार चार बर्डी प्रहार गरे। उनलाई अन्य खेलाडीले चुनौती समेत दिन सकेनन्। फ्रन्ट नाइन ४–अन्डर ३०मा सकाए। यसपछि ५–पारको १० औं होलमा इगलको सफलता प्राप्त गरे। १३औं र १४औं होलमा एक–एक सट बचाए। १२औं र १८औं होलमा बोगीखेप्दै ब्याक नाइन २–अन्डर ३२ मा सकाए।

निरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीलेफ्रन्ट नाइन २–अन्डर ३२ मा पुरा गरे। यसपछि १०औं होलमा इगल तथा१२औं र १८औं होलको बर्डीले ब्याक नाइनमा ४–अन्डर ३० को नतिजानिकाले।
दिनेशले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन २–अन्डर ३२ मा सकाए। उनले पहिलो, चौथो सातौं, एघारौं र १६ औं होलमा एक(एक सट बचाए। आठौं र नवौं होलमा बोगी खेपे।

एमेच्योरतर्फ समग्रमा ३–ओभर २ सय ७५ सहित राहुल विश्वकर्मालेनिश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले हराउँदै उपाधि जिते। समग्रमा ४–ओभर २ सय ७८ सहित निश्चय दोस्रो भए। दुवैले आज २–ओभर ७० माखेल सकाएका थिए।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागीता रहेको थियो। कुल ६ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गरे ।

जयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल मेनेजर (मार्केटिंग) केशव प्रधान, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्षटासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कारवितरण गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ, जसमाएमेच्योर खेलाडीले प्रोफेशनल गल्फरसँग खेल्ने अवशर प्राप्त गर्नेछन।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्