छ वर्ष जेल बसेर छुटे लगत्तै पक्राउ परेका युनुस अन्सारीमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
काठमाडौं । नक्कली भारतीय नोट प्रकरणमा ६ वर्ष जेल बसेर छुटेलगत्तै पक्राउ परेका युनुस अन्सारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ ।
अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको हो ।
नक्कली भारतीय नोट प्रकरणमा ६ वर्ष कैद सजाय भुक्तान शनिबार छुटेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छुटेलगत्तै पक्राउ गरेको थियो ।
अन्सारीविरुद्ध सीआईबीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको छ ।
नख्खु कारागारमा ६ वर्ष कैद भुक्तान गरी शनिबार छुटेका बाराका अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान थालेको हो ।
अन्सारी शनिबार छुटे लगत्तै सीआईबीले पक्राउ गरेर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो ।
अन्सारीलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालतले पाँच दिनको म्याद दिएको छ ।
अन्सारी पहिलो पटक २०६६ पुस १३ गते २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए भने माघ १७ गते कारागार चलान भएका थिए ।
जाली नोट प्रकरणमा करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।
त्यसपछि २०७० माघ १० गते पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे ।
२०७६ जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पुनः पक्राउ परे ।
सोही मुद्दामा अदालतले दोषी ठहर गर्दै अन्सारीलाई ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
त्यही कैद सजाय उनले शनिबार भुक्तान गरेका हुन् ।
पटक–पटक जाली नोटसहित पक्राउ पर्दै आएका अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन् ।
केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलामा पनि अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २०७६ फागुन २६ गते गोली हानी हत्या प्रयास गरेका थिए ।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार
















