गृहमन्त्री लेखकमाथि हर्क साम्पाङको व्यंग्य – रविजीसँग जेलमै भेट हुन्छ कि के हो ?



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखेकमाथि व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर राईले गृहमन्त्री लेखकको भेट रास्वपा सभापति रवि लामिछानेसँग जेलमा हुन्छ कि भन्दै व्यंग्य गरेका हुन्।

उनले गृहमन्त्री लेखकले राजीनामा दिएर जेल जान तयार रहनु पर्ला जस्तो देखिएको बताए।

राईले सबै गृहमन्त्रीहरू जेल जाने भए सुरक्षा कसले गर्ने भन्दै प्रश्न समेत गरे।

यस्तै मेयर राईले शान्ति सुरक्षा र सुशासनको ग्यारेण्टी दिने मुख्य मान्छे गृहमन्त्री भएकाले उनीहरू नै मानव तस्करी, सहकारी ठगीजस्ता प्रकरणमा जेल जानु दुखद भएको उल्लेख गरे।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्