तीनकुने घटनाका प्रतिवादी दुर्गा प्रसाईंको बयान सुरुमै



काठमाडौं । काठमाडौं जिल्ला अदालतमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु भएको हो ।

सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुने अदालतले जनाएको छ ।

जिल्ला अदालतकै न्यायाधीश पदमराज पाण्डेको इजलासमा सोमबारबाटै भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान सुरु भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै दुई महिना लामो गरेको अनुसन्धानले उनीहरुलाई मुद्दा चलाउनुपर्न रायसहित सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्