पानी बाराबारका राजावादीहरू एक ठाउँमा आएको ‘रियलाइजेसन’ भयो : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पानी बाराबारको अवस्थाबाट राजावादी एक ठाउँमा उभिने अवस्थामा आएको रियलाइजेसन भएको बताएका छन् ।

जेठ १५ गतेका लागि घोषित आन्दोलनकाबारेमा सम्पादकहरूसँग भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।

पानी बाराबारको अवस्थाबाट राजावादी एक ठाउँमा उभिने अवस्थामा पुगेको भन्दै उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको बताए ।

राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको उनको भनाई थियो ।

जेठ १५ गतेका लागि घोषित आन्दोलनकाबारेमा सम्पादकहरूसँग भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्